image
image
आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची


 काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथि जवाफ दिन संसद जाने टुंगो अहिलेसम्म लागेको छैन। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री जवाफ दिन संसद जाने निश्चित नभएको बताइन्।‘प्रधानमन्त्री जवाफ दिने जाने कार्यक्रम अहिलेसम्म छैन,’ दाहालले सेतोपाटीसँग भनिन्। 

बुधवार प्रतिनिधसभामा छलफलका लागि नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तोकेका थिए। संसद बैठक सुरू भएपछि पहिला सबै दलले प्रधानमन्त्री बालेन नै पेस गर्न आउनुपर्ने भन्दै विरोध गरेका थिए। तर संसद नियमावलीले नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री वा उनले तोकेको कोही मन्त्री आउनुपर्ने प्रावधान रहेको भन्दै अर्थमन्त्रीलाई संसदमा पेस गर्न दिइएको थियो। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री नै पेस गर्न आउनुपर्ने भन्दै संसद बहिष्कार गर्‍यो। 

विपक्षी दलहरूले टेबल गर्न दिए पनि छलफल सुनेर जवाफ दिन प्रधानमन्त्री आउनुपर्ने शर्त राखेर संसद अवरोध गरेका थिए। त्यसपछि संसद बैठक आज बस्ने गरि स्थगित भयो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्री नआएका कारण बजेट समेत प्रभावित हुने देखिएको छ। 

संविधान अनुसार सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्छ। बजेट भाषणको १५ दिन अघि संसदमा सरकारले प्रिबजेट पेश गरेर छलफल सुरू गर्ने व्यवस्था छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम पास भएपछि प्रिबजेट पेश गरेर छलफल गर्ने नियम छ। त्यसका लागि आजभोलिमा नीति तथा कार्यक्रम पास भएर प्रि–बजेट आउनुपर्छ। तर प्रधानमन्त्री छलफल र जवाफ दिन नआएका कारण विपक्षी दलहरूले संसद बैठक अवरोध गरेपछि नीति तथा कार्यक्रमको छलफल नै अवरूद्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।