image
image
आईपीएल : हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

आईपीएल : हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
अहमदाबादमा‌ पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर ले ३३ बलमा ५० रन जोडे ।

हैदराबादका लागि प्रफुल हिङ्गे र साकिबले समान २ विकेट लिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुवातमै दबाबमा पर्यो । पावरप्ले सकिँदासम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो । हैदराबादको इनिङ्स लामो समय टिक्न सकेन र टोली १४.५ ओभरमा मात्र ८६ रनमा अलआउट भयो ।
टोलीका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए । गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान ३ र प्रसिद्ध कृष्णा ले २ विकेट लिए ।

यो जितसँगै गुजरातले १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै अहमदाबादमा सन् २०२३ यता हैदराबादविरुद्ध गुजरातको लगातार चौथो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।