image
image
प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समिति बैठक

प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समिति बैठक


काठमाडौँ । प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ। गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जबाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको कांग्रेसको भनाइ छ।प्रधानमन्त्री बालेन बैठकमा लगातार नआएपछि कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति बैठक नै बहिष्कार गरेको छ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव  छन्। उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरेका छन्। गृह मन्त्रालयसँग सम्बन्धित सुकुम्बासीलगायत विषयमा जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री नै हुनाले प्रधानमन्त्री आएर जबाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिँड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो। आज पनि यही कुरा दोहोर्‍याएर बैठकमा अनुपस्थित भयौँ, उनले भने।

आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए। उनका अनुसार सभापति ढकाललाई प्रधानमन्त्री बालेनलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको भए पनि स्मरण गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।