image
image
सुस्तायो सेयर बजार, खुम्चियो कारोबार

सुस्तायो सेयर बजार, खुम्चियो कारोबार

काठमाडौं । बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । केही दिनयता बजारको उतारचढाव न्यून भएको छ ।

अघिल्लो दिन बुधबार १.६४ अंक घटेको थियो भने मंगलबार ८ अंक बढेको थियो । कारोबार रकम ३ अर्ब मुनि खुम्चिएको छ । आज जम्मा २ अर्ब ९३ करोडको कारोबार भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन बजारमा सर्किट ब्रेकर लाग्दा कारोबार रकम न्यून हुन पुगेको थियो ।

कारोबार रकम केही दिनदेखि घट्दै आएको छ । अघिल्लो दिन ३ अर्ब १९ करोडको कारोबार भएको थियो । १५५ कम्पनीको मूल्य बढेको छ भने १०२ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो भने अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.३५, अन्य ०.८३ प्रतिशत बढे ।

निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८, लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटे भने हाइड्रोपावर समूह स्थिर रह्यो । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ४.२९, पियोर इनर्जीको ४.२४, त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढ्यो ।

फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.२४ प्रतिशत घट्यो । त्यस्तै अपरलोहोरे खोला हाइड्रोपावरको ९.१२, मेन्छियाम हाइड्रोपावरको ४.४९, शिखर पावरको ३.८२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र ङादी ग्रुप छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।