image
image
सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?


काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।