image
image
अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान

काठमाडौं । अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ।वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारीपत्र (एमओयू) पठाएको हो।

सँगै पाकिस्तानमार्फत दुई देशको ‍धारणा र अडानहरू पनि आदान प्रदान भइरहेको अधिकारीहरूलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।अमेरिकाले पठाएको मस्यौदामा उल्लिखित प्रस्तावहरूबारे इरानले अहिले समीक्षा गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

अमेरिकी अधिकारीहरूले इरानबाट चौबीसदेखि ४८ घन्टाभित्र प्रतिक्रिया आउने अपेक्षा गरेका छन्।  हामी धेरै टाढा छैनौं, तर अझै सम्झौता भएको चाहिँ छैन,ु एक अधिकारीले एक्सियससँग भनेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केही दिनमै इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। सहमति र सम्झौता हुन नसक्ने अवस्था देखिए इरानमाथि सैन्य कारबाही हुने चेतावनी पनि उनले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।