image
image
रुपन्देहीमा बस दुर्घटनाः २ जनाको मृत्यु, २७ घाइते

रुपन्देहीमा बस दुर्घटनाः २ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।प्रहरी चौकी देवदह खैरेनीका अनुसार दुर्घटनामा मृतकको नाम ठेगाना खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।