image
image
अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैनः इरानी सेना

अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैनः इरानी सेना


काठमाडौं । इरानी सेनाले अमेरिकासँग युद्धविरामको सम्झौता भए तापनि पश्चिम एसियामा द्वन्द्वको स्थिति अझै कायमै रहेको बताएको छ । इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी समेत गरेको छ ।

इरानी राज्य प्रसारकका अनुसार सेनाका प्रवक्ता अमिर अक्रमिनियाले वर्तमान अवस्थालाई सैन्य दृष्टिकोणबाट अझै पनि युद्धकै स्थितिका रूपमा हेरिएको बताएका छन् । उनले भने,‘परिस्थिति अझैं युद्धकै हो, र हाम्रा सेनाहरूले आफ्ना लक्ष्य र उपकरणहरूलाई अद्यावधिक गरिसकेका छन् ।’

प्रवक्ता अक्रमिनियाका अनुसार हर्मुज जलसन्धिको पश्चिमी खण्ड इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र पूर्वी खण्ड नियमित सेनाले व्यवस्थापन गरिरहेका छन् । विश्वको तेल पारवहनका लागि यो जलसन्धि निकै महत्त्वपूर्ण मानिन्छ ।

इरानको उच्च सैन्य तयारीका कारण शत्रु पक्षले जमिनबाट आक्रमण गर्ने आँट नगरेको दाबी गर्दै उनले भने,‘दुश्मनले इरानमाथि भूमिगत आक्रमण गर्ने हिम्मत गरेनन् । हाम्रा स्थल सेनाहरू कुनै पनि खतराको सामना गर्न देशका विभिन्न भागमा तैनाथ छन् ।’

हालैको एक घटनाबारे उल्लेख गर्दै प्रवक्ताले इरानी सेनाले एक अमेरिकी शत्रु विमानलाई निशाना बनाएर उसको अपरेसन असफल पारेको समेत दाबी गरे । गत फेब्रुअरी २८ मा सुरु भएको यो द्वन्द्वपछि अप्रिल ७ मा युद्धविरामको घोषणा गरिएको थियो । तर, इरानले यसलाई अझै पनि गम्भीर रूपमा लिँदै पूर्ण तयारीका साथ बसेको जनाएको छ । अर्का एक इरानी अधिकारी मोहम्मद हुसेन जियाइनियाले देशको जित निश्चित रहेको र यसलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।