image
image
कर प्रणालीलाई सरल बनाउन सुझाव

कर प्रणालीलाई सरल बनाउन सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माणलाई लक्षित गर्दै अर्थ मन्त्रालय र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघबीच आर्थिक तथा कर प्रणाली सुधारका विषयमा उच्चस्तरीय प्रि बजेट छलफल भएको छ ।

सरकारले बजेट तयारीलाई तीव्र बनाइरहेका बेला आयोजित उक्त छलफलले कर संरचना सुधार, लगानीमैत्री वातावरण निर्माण र आर्थिक पारदर्शिता अभिवृद्धि गर्ने विषयलाई केन्द्रमा राखेको थियो।

कार्यक्रममा कर विज्ञ रूप खड्कासहित विभिन्न क्षेत्रका विज्ञ, अनुभवी चार्टर्ड अकाउन्टेन्ट्स तथा संघका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले नेपालको विद्यमान कर प्रणालीमा रहेका जटिलता, नीतिगत अस्पष्टता र कार्यान्वयन चुनौतीबारे विस्तृत छलफल गरेका थिए ।

छलफलका क्रममा विज्ञहरूले कर प्रणालीलाई सरल, पारदर्शी र उत्पादनमुखी बनाउने उद्देश्यसहित केही प्रमुख सुधारका क्षेत्रहरू औंल्याएका छन् । जसमध्ये व्यक्तिगत तथा संस्थागत आयकरको दर र दायरालाई समयसापेक्ष परिमार्जन गर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी अन्तःशुल्कः कर संरचनाको पुनर्संरचना, व्यापार सहजीकरणका लागि प्रक्रियाका लागि भन्सार महसुल सरलीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्नेलगायतका रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।