image
image

रुपन्देहीमा कोरोना कारण मृत्यु हुनेको संख्या २४५ पुग्यो

काठमाडौँ। रुपन्देहीमा कोरोना भाइरस संक्रमण कारण् मृत्यु हुनेको संख्या २४५ पुगेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत २ जना र १ जना कोरोना विशेष अस्पतालमा गरि ३ जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका भनाइ अनुसार बुटवल तामनगरका ६५ वर्षिय पुरुषको राती १ बजे मृत्यु भएको छ । उनी बैशाख २० गतेदेखि अस्पतालको आईसीयूमा उपचाररत थिए ।

त्यसैगरि बैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षिय पुरुषको राती २ः२१ मा मृत्यु भएको छ भने बैशाख १९ देखि अस्पतालको इमरर्जेन्सीमा उपचाररत तिलोत्तमा १ की ६४ वर्षकी महिलाको बिहान मृत्यु भएको प्रवक्ता डा. गौतमले बताएका हुन् ।

रुपन्देहीमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।