image
image
अमेरिका र इरानबीचको द्वन्द्व साम्य हुने देखिएन संकेत, निरन्तर बढ्दै कच्चा तेलको मूल्य

अमेरिका र इरानबीचको द्वन्द्व साम्य हुने देखिएन संकेत, निरन्तर बढ्दै कच्चा तेलको मूल्य

 

काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्व साम्य हुने संकेत नदेखिँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ। पछिल्लो सात दिनदेखि जारी यो वृद्धि अन्तर्गत ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १ सय ९ डलर नजिक पुगेको छ।  यस्तै अमेरिकी डब्ल्यू टीआईको मूल्य पनि ९७ डलर नजिक पुगेको छ । यसैबीच, हर्मुज जलमार्ग बन्द हुँदा विश्वभर ढुवानी संकट चुलिएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टोनियो गुटेरेसले विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो मार्ग अवरुद्ध हुँदा गरिब राष्ट्रहरू प्रत्यक्ष मारमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

यद्यपि, रुस र चीनको अवरोधका कारण सुरक्षा परिषद्ले यो मार्ग खुलाउने विषयमा कुनै ठोस निर्णय लिन सकेको छैन। उता, अमेरिकी सेनाले इरानी बन्दरगाहतिर जाँदै गरेको तेल ट्याङ्कर एमटी स्ट्रिमलाई नियन्त्रणमा लिएको छ। 

इरानले यसलाई समुद्री डकैतीको संज्ञा दिएको छ। अर्कोतर्फ, युद्ध अन्त्यका लागि इरानले पठाएको नयाँ प्रस्तावमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सुरक्षा टोलीसँग छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।