image
image
अझै संचालनमा आउन सकेन शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग

अझै संचालनमा आउन सकेन शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग

 

काठमाडौं ।  गत शनिबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन। १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएपछि पुनः अबरुद्ध भएको हो। राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भएपनि आइतबार साँझको पानीले बिगारेको जानकारी दिए। पुनः आज बिहानदेखि डाइभर्सन बनाउन सुरु भएको कार्कीको भनाइ छ।

शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आए क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।