image
image
पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। हुलाकी सडक खण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा उक्त क्षति भएको हो।

कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो साइडमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार स्कार्पियो अनियन्त्रित भई पार्किङ गरिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।