image
image
डोजर रोक्न माग गर्दै  रास्वपा कार्यालयमा पुगे उपत्यकाका सुकुमबासीहरु

डोजर रोक्न माग गर्दै  रास्वपा कार्यालयमा पुगे उपत्यकाका सुकुमबासीहरु

 
काठमाडौं । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन्।

प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। 

सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ। तस्बिर स् नेपाल फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।