image
image
भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको जनाको, २१ घाइते

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको जनाको, २१ घाइते

काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । 

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।