image
image
यती एयरलाइन्समा खुल्यो रोजगारीको अवसर

यती एयरलाइन्समा खुल्यो रोजगारीको अवसर


काठमाडौं । यती एयरलाइन्समा रोजगारी अवसर खुलेको छ। एयरलाइन्सले काठमाडौंका लागि मानव संसाधन (एचआर) प्रमुख पदका लागि रोजगारी अवसर खुला गरेको छ।

उक्त पदमा नियुक्त हुनेले संस्थाको समग्र व्यावसायिक लक्ष्यअनुसार मानव संसाधन रणनीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ। आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको मानव संसाधनसम्बन्धी अनुभव र त्यसमध्ये कम्तीमा ५ वर्ष नेतृत्व तहमा काम गरेको अनुभव अनिवार्य छ।

नेपालको श्रम कानुन र मानव संसाधन अभ्यासबारे राम्रो ज्ञान, उत्कृष्ट नेतृत्व, सञ्चार तथा अन्तरव्यक्तिगत सीप भएका उम्मेदवारलाई प्राथमिकता दिइने एयरलाइन्सको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।