होम आइसोलेसनमै एक कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेसनमा मृत्यु भएको छ। बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनी र उनकी श्रीमतीको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
उनीहरूको रिपोट पोजेटिभ आएपछि उनी र श्रीमती होम आइसोलेशनमा बस्दै आएका थिए । संक्रमित युवाको अस्पताल लैजाने क्रममा बाटेमै मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताए।
उनीहरूको रिपोट पोजेटिभ आएपछि उनी र श्रीमती होम आइसोलेशनमा बस्दै आएका थिए । संक्रमित युवाको अस्पताल लैजाने क्रममा बाटेमै मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताए।









