image
image
कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न सरकारद्वारा निर्देशन जारी

कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न सरकारद्वारा निर्देशन जारी

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई आचार संहिता कार्यान्वयन गर्न सूचना जारी गरेकी हुन् । सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न भनिएको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो । शासकीय सुधारका कार्यसुचीमा ‘विद्यामान भ्रष्टचार, ढिलासुस्ती जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिता अक्षरश कार्यान्वयन गर्ने’ उल्लेख थियो । साथै, कर्मचारीहरुले व्यवसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरुको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने सरकारको शासकीय सुधारका कार्यमा लेखिएको छ ।कर्मचारीको आचरण सम्बन्धमा निजामति सेवा ऐन र नियमावली पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।