image
image
आइजिपीसहित सुरक्षा निकायका अधिकारीहरूसँग मध्यरातसम्म गृहमन्त्रीले गरे छलफल

आइजिपीसहित सुरक्षा निकायका अधिकारीहरूसँग मध्यरातसम्म गृहमन्त्रीले गरे छलफल

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्।

झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले  के विषयमा छलफल भएको भनेर सोधेका थिए।

जबाफमा उनले ' अब पछि भनौला' भनेर मन्त्रालयबाट बाहिरिएका थिए।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफू यो विषयमा नबोल्ने बताए। 'ती विषयमा मैले बोल्न मिलेन,' उनले भने।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।