image
image
१८.१० अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?

१८.१० अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?


काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि लगातार बजार रातो अंकमा रह्यो । अघिल्लो दिन नेप्से १३ अंक घटेको थियो ।

आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोडको भयो । ४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । अघिल्लो दिन पनि यही समूह सबैभन्दा धेरै बढेको थियो । आज योबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, फाइनान्स १.०९, हाइड्रोपावर १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.८६, अन्य १.२७ तथा व्यापार ०.९६ प्रतिशत घटे ।

३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२, एसियन हाइड्रोपावरको १०.३८ प्रतिशत मूल्य बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ८.७१, सोलु हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।