image
image
गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

काठमाडौं ।  नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न माग गरेको छ। गृहमन्त्रीमाथि लागेका सबै आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरू गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको हो।

आज प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरून्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’गृहमन्त्रीको सम्पत्ति स्रोतमाथि विभिन्न प्रश्न उठिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।