image
image
ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट गरिने

ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट गरिने

काठमाडौं ।  काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ । युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो । महिलाहरूले ठमेलमा पुरुषहरूलाई अनावश्यक बाटो छेकेर अश्लील कामको लागि मोलमोलाई गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

यौन क्रियाकलापमा संलग्न महिलाहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

अभद्र व्यवहार मुद्दामा कारबाही गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन ऐन अन्तर्गत कारबाही गर्न अध्यागमन विभागमा पठाएको थियो । अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

डिपोर्ट गर्ने निर्णयपछि पक्राउ परेका सबै महिला आफ्नो देश फर्किएका छन् । उनीहरूलाई अध्यागमनको निर्णय अनुसार नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको एसपी भट्टराईले बताए ।गिरोहले ल्याएर उनीहरूलाई ठमेलमा राखेर यौन धन्दामा लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।