image
image
साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

 

काठमाडौं । दुई वर्षअघि, ५ मार्च २०२४ को दिन त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको लिग २ शृंखलापछि भएको टी–२०आई शृंखलाको फाइनल खेल थियो ।अन्तिम ओभरसम्म पुगेको उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको थियो । करण केसीको बलमा डिप ब्याकवार्ड स्क्वायर लेगमा टिम भान डेर गुग्टेनले चौका प्रहार गर्दै नेदरल्यान्ड्सलाई खेल जिताएका थिए ।

नेपाली समर्थक निराश पक्कै थिए, तर उनीहरूलाई थाहा थिएन कि यो प्रतिक्षा यति लामो हुनेछ । त्यसयता पृथ्वीले सूर्यलाई दुईपटक परिक्रमा गरिसक्यो, त्रिवि क्रिकेट मैदानको स्वरुप नै परिवर्तन भइसकेको छ ।

दुई वर्षपछि, भोलि  नेपाली क्रिकेट टोलीले अन्ततः घरेलु मैदानमा फेरि पाइला टेक्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ । यसबीचमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणदेखि दोस्रो संस्करणसम्म, अनि महिला टी–२० विश्वकप ग्लोबल छनोट पनि यो मैदानमा आयोजना भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।