image
image
यूएईसँग दीपेन्द्रको कप्तानीमा टी–२०आई खेल्ने नेपाली टोली घोषणा

यूएईसँग दीपेन्द्रको कप्तानीमा टी–२०आई खेल्ने नेपाली टोली घोषणा

 

काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी–२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

यस्तै टी–२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी–२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए । यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी–२० टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ । क्यानले टी–२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

नेपाली टोलीः दीपेन्द्रसिंह ऐरी (कप्तान) २ कुशल भुर्तेल ३ कुशल मल्ल ४ सन्दीप जोरा ५ आरिफ सेख ६ बसिर अहमद ७ गुलशन झा ८ लोकेस बम ९ सन्दीप लामिछाने १० नन्दन यादव ११ सन्तोष यादव १२ अर्जुन साउद १३ हेमन्त धामी १४ साहब आलम १५ शेर मल्ल ।। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।