image
image
लेबनान र इजरायलबिच १० दिने युद्धविराम, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

लेबनान र इजरायलबिच १० दिने युद्धविराम, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

काठमाडौं ।   लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् । 

ट्रम्पका अनुसार इरान २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नराख्न सहमत भएको छ । गत सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको आणविक महत्त्वाकाङ्क्षा नै मुख्य एजेन्डा बनेको थियो ।

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब के हुन्छ हामी हेर्छौँ । तर मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्ने एकदमै नजिक छौँ ।’ त्यसको केही घण्टापछि नेभाडाको लस भेगासमा आयोजित एक कार्यक्रममा उनले युद्ध ‘निकै चाँडै अन्त्य हुनुपर्ने’ बताए । 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ । यसले अमेरिकी राष्ट्रपतिका लागि ठूलो राजनीतिक सङ्कट निम्त्याएको थियो ।

लेबनानको युद्धविरामले इरानसँगको बृहत् शान्ति सम्झौताको बाटो खुला गरेमा त्यो ट्रम्प प्रशासनका लागि ठूलो उपलब्धि हुनेछ । ट्रम्प प्रशासन हालसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज खुलाउन र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सङ्घर्षरत छ । 

हिजबुल्लाहले बिहीबार रातभर इजरायलविरुद्ध गरेका सैन्य कारबाहीको लामो विवरण सार्वजनिक गरेको छ । जसमा अन्तिम आक्रमण राति ११ः५० बजे अर्थात् युद्धविराम लागू हुनुभन्दा १० मिनेट अघि भएको उल्लेख छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्त्वपूर्ण अवधिमा राम्रो व्यवहार गर्नेछ । यदि उनीहरूले त्यसो गरे भने त्यो उनीहरूका लागि ठूलो क्षण हुनेछ । अब थप हत्या हुनुहुँदैन । अन्ततः शान्ति हुनैपर्छ ।’

ट्रम्पले इरानसँग सम्झौता भएमा तेलको मूल्य, मुद्रास्फीति निकै तल झर्ने र आणविक सङ्कट टर्ने दाबी गरेका छन् । अमेरिका र इरानबिच गत साता भएको दुई साता लामो युद्धविराम लम्ब्याउनुपर्ने आवश्यकता नरहेको बताउँदै उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।