image
image
मातातीर्थ कुण्डमा दर्शन गर्ने भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

मातातीर्थ कुण्डमा दर्शन गर्ने भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित पवित्र तीर्थस्थल मातातीर्थ कुण्डमा शुक्रबार बिहानैदेखि स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदात्री आमाको सम्मानमा मनाइने 'मातातीर्थ औँसी' का अवसरमा न्द्रागिरि नगरपालिका–६ स्थित उक्त कुण्डमा आमाको प्रतिमा दर्शन गर्न र श्राद्ध तर्पण गर्न श्रद्धालुहरूको भीड लागेको हो ।

दिवंगत आमाको सम्झनामा धेरै भक्तजनहरू अघिल्लो दिन साँझदेखि नै दीप प्रज्वलन गरी जाग्राम बसेका थिए भने आज बिहानै मातातीर्थ कुण्डमा स्नान गरी तर्पण र पिण्डदान गरेका छन् । धार्मिक विश्वास अनुसार यस दिन मातातीर्थमा स्नान गरी दर्शन गरेमा मृत आमाले मोक्ष पाउने र छोराछोरीले पुण्य प्राप्त गर्ने जनश्रुति रहिआएको छ ।

हिन्दू धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा पनि उच्च मानिएको छ । 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भन्ने मान्यता अनुसार आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिन्छ । पितृ ऋण तिर्नका लागि आमाबुबा जीवित हुँदा सम्मानपूर्वक सेवा गरी खुसी राख्ने र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । आजको दिनमा आमा जीवित हुनेहरूले घरमै मीठा–मीठा परिकार खुवाउने र उपहार दिएर सम्मान गर्छन् भने आमा नहुनेहरूले मातातीर्थमा पुगेर तर्पण तथा सिदा दान गर्ने गर्दछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।