image
image
टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु

टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु

काठमाडौं ।  टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । बुधबार भएको गोलीबारीको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी छात्रले दुईवटा कक्षा कोठामा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको थियो । ती छात्रसँग पाँच थान बन्दुक र  सात म्यागेजिन रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

आक्रमणबारी छात्रका बुवा सेवानिवृत्त प्रहरी अधिकारी भएको बताइएको छ । यसअघि मंगलबार पनि टर्कीको दक्षिणी क्षेत्रको एक हाई स्कुलमा पनि एक पूर्वछात्रले गोली चलाएको थियो । उक्त गोलीबारीमा १६ जना घाइते भएका थिए । पछि आक्रमणकारीले आफैंलाई गोली हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।