image
image
सरकारले खुलायो इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति

सरकारले खुलायो इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति

काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ ।इजरायल(अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुनस् श्रम स्वीकृति खुला गरिएको हो ।इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

श्रम मन्त्रालयले १७ फागुन २०८२ को मन्त्रीस्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकको श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरेको थियो ।

इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेस क्याम्प निसाना बनाएर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चुनौती बढ्न थालेपछि सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति स्थगन गरेको थियो । ३ चैत २०८२ मा साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनःश्रम स्वीकृति खुला गरिएको थियो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले बाँकी देशको समेत पुनस् श्रम स्वीकृति खुला गरेको हो ।श्रम स्वीकृतिका हकमा भने ती देशको परिस्थिति सामान्य बनेपछि मात्रै निर्णय गरिने श्रम मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।