image
image
रास्वपाले टुंग्याउन थाल्यो मन्त्रीः अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर, सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ

रास्वपाले टुंग्याउन थाल्यो मन्त्रीः अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर, सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ

 

काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । अर्थ मन्त्रीमा डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ ।

यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।  ‘स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको स्रोतले जनाएको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।’

सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो । आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ । सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।