image
image
पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, पिताप्रति दिए श्रद्धाञ्जली

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, पिताप्रति दिए श्रद्धाञ्जली


काठमाडौं । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले)  का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन्  अध्यक्ष ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ । ओलीले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।अध्यक्ष ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।