image
image

वीरगञ्जको नारायणी अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौँ । वीरगञ्जको नारायणी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर न.पा.का–२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका २ जना छन् ।

कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर दुवैको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । रौतहटका संक्रमितमा कुनै दिर्घ रोग थिएन । वीरगञ्जका संक्रमितमा भने पहिल्यैदेखि क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजीज पनि रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।