कोरोना संक्रमणको नयाँ रेकर्ड, ८६५९ जनामा पुष्टि
काठमाडौँ २२ वैशाख ।नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । आजको संख्या सँगै मृतकको संख्या ३ हजार ४७५ पुगेको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । आजको संख्या सँगै मृतकको संख्या ३ हजार ४७५ पुगेको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो ।









