image
image
आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री  कार्की

आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री  कार्की


काठमाडौं ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् । महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन ।’ 

सोमबार १८ महिना लामो तालिम पुरा गरेर नेपाल प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष छन् । 

प्रधानमन्त्री कार्कीले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै भनिन्, ‘ विगतको कमजोरी नदोहोर्‍याउने र भविष्यमा प्रहरीलाई व्यावसायिक बनाउने दायित्व तपाईंहरुको हो ।’ कानुन कार्यान्वयन गर्न अधिकतम शिष्टता र मानवता हुनुपर्ने उल्लेख गर्दै कार्कीले भनिन्, ‘तपाईंको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।