image
image
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन् । सोमबार बिहान उनी बारा पुगेका हुन् । उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो । सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए ।

उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौ । पहिलो पटक म सिमरामा आएको छु । अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो ।’पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र प्रतिस्पर्धा गरेको जानकारी दिंदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित्ने अपेक्षा गरेको पनि उनको भनाई छ ।

साथै, उनले देश र जनताको माग अनुसार सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले रास्वपामा गएको भन्दै त्यो सहमती कार्यान्वयन नभएको पनि बताए । उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ । जनताले गर्नुभएको निर्णय मान्न तयार छौं । जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।