अस्ट्रेलियाका पूर्व क्रिकेटर इयान हार्वे नेपाल बलिङ प्रशिक्षक तोकिए
काठमाडौँ — अस्ट्रेलियाका पूर्व अलराउन्डर इयान हार्भे नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी टी–२० विश्वकपलाई ध्यानमा राख्दै हार्भेलाई टोलीको बलिङ प्रशिक्षण जिम्मेवारी दिएको हो। क्यानका अनुसार हार्भेले प्रतियोगिताअघि र प्रतियोगिताका क्रममा टोलीसँग काम गर्नेछन्।
हार्भेको अनुभवले विश्वकपअघि नेपाली बलिङ आक्रमणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।









