image
image
नेपाल राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ ऋणपत्रमार्फत झिक्दै

नेपाल राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ ऋणपत्रमार्फत झिक्दै

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज ऋणपत्र जारी गरी बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–झ’ शीर्षकको ऋणपत्रमार्फत उक्त रकम उठाइँदैछ।

यससम्बन्धी सूचना राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ। सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म बोलकबोल प्रक्रियामार्फत सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले यसअघि विभिन्न आठ वटा ऋणपत्र जारी गरी कुल १ खर्ब ७५ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ। आजको ऋणपत्रमार्फत थप २५ अर्ब संकलन भएपछि ऋणपत्रबाट उठाइएको कुल रकम २ खर्ब रुपैयाँ पुग्नेछ। आज जारी हुन लागेको ऋणपत्र नवौं श्रृंखला हो।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट तय हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रमा लगानीकर्तालाई प्रत्येक ६–६ महिनामा ब्याज भुक्तानी गरिनेछ भने एक वर्ष पूरा भएपछि मूलधन फिर्ता गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।