image
image
रोलिङ प्रिमियर लिग २०२६: रोमाञ्चक फाइनलमा CG थन्डर्स विजयी

रोलिङ प्रिमियर लिग २०२६: रोमाञ्चक फाइनलमा CG थन्डर्स विजयी

 काठमाडौँ — रोलिङ प्लान्सको आयोजनामा सम्पन्न रोलिङ प्रिमियर लिग (RPL) २०२६ काठमाडौँस्थित पाकिस्तान दूतावासको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा  खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीहरूको उल्लेखनीय सहभागिता र समर्थन रहेको थियो।

प्रतियोगितामा सहभागी ६ टिममध्ये उत्कृष्ट र निरन्तर प्रदर्शन गर्दै CG थन्डर्स ले उपाधि जित्न सफल भएको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा रोलिङ राइनोसलाई पराजित गर्दै CG थन्डर्स च्याम्पियन बनेको हो। रोलिङ राइनोस प्रतियोगिताको उपविजेता बनेको छ।

CG थन्डर्सका कप्तान विनय विक्रम खड्का ले प्रतियोगिताभर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै कुल ९ विकेट लिए। उनको निर्णायक प्रदर्शनका कारण CG थन्डर्सले उपाधि जित्न सफल भएको भन्दै उनलाई प्रतियोगिताको उत्कृष्ट बलर घोषित गरिएको हो।

त्यसैगरी, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट को उपाधि रोलिङ राइनोसका कप्तान राजेश बिसी ले जितेका छन्। उनले प्रतियोगिताका ३ इनिङमा १७२ रन बनाउनुका साथै ४ विकेट समेत लिएर अलराउन्डर प्रदर्शन गरेका थिए। दबाबका क्षणहरूमा उनले खेलेका इनिङहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोलिङ राइनोसले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरे पनि CG थन्डर्सका बलरहरूले कसिएको बलिङ गर्दै राइनोसलाई ठूलो स्कोर बनाउन दिएनन्।

१५७ रनको लक्ष्य पछ्याएको CG थन्डर्सले आक्रामक तथा संयमित ब्याटिङ गर्दै १४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै उपाधि हात पारेको हो। टोलीका ब्याट्सम्यानहरूबीचको राम्रो साझेदारी र आत्मविश्वासपूर्ण खेल जितको मुख्य आधार बन्यो।

आयोजक संस्था रोलिङ प्लान्सले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सन्तुष्टि व्यक्त गर्दै आगामी संस्करणहरू अझ व्यवस्थित र स्तरीय बनाउने प्रतिबद्धता जनाएको छ। आयोजकका अनुसार रोलिङ प्रिमियर लिगले स्थानीय क्रिकेट प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान दिएको छ।

पाकिस्तान दूतावासको खेल मैदानमा सम्पन्न प्रतियोगिताले खेलकुदमैत्री वातावरण सिर्जना गर्नुका साथै अन्तरसंस्थागत सहकार्यको सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।