विश्व क्रिकेटमा ठूलाे टक्कर: २०२६ मा पिएसएल र आइपिएल एकै मितिमा
काठमाडौँ- पाकिस्तान सुपर लिग (पिएसएल) र इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२६ सिजन एकै दिन, मार्च २६ बाट सुरु हुने भएको छ। यससँगै विश्वका दुई ठूला टी–२० लिगबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ। पिएसएल मार्च २६ देखि मे ३ सम्म ८ टिमसहित ३९ दिन चल्नेछ भने आइपिएल मार्च २६ देखि मे ३१ सम्म आयोजना हुनेछ। एकै समयमा लिग हुँदा विदेशी खेलाडीको उपलब्धता र दर्शक तथा प्रसारण बजारमा असर पर्न सक्ने अनुमान गरिएको छ।









