image
image
जनकपुरको स्वाद विश्वसम्म: ‘मिथिला थाली’ दक्षिण एसियाकै उत्कृष्ट घोषित

जनकपुरको स्वाद विश्वसम्म: ‘मिथिला थाली’ दक्षिण एसियाकै उत्कृष्ट घोषित

काठमाडौँ- नेशनल जियोग्राफिकले नेपाली सेफ सन्तोष साहद्वारा तयार ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकार घोषित गरेको छ। स्थानीय सामग्री, पारम्परिक स्वाद र आधुनिक प्रस्तुतिको कारण दैनिक पाँच सयभन्दा बढी ग्राहकले यसको मजा लिइरहेको म्यागजिनले उल्लेख गरेको छ।

जनकपुरको सांस्कृतिक धरोहर, मिथिला संस्कृतिको जीवन्तता र स्थानीय भोजनको विशेष प्रशंसा गर्दै म्यागजिनले जनकपुरलाई पाक पर्यटनका लागि समृद्ध गन्तव्यका रूपमा चित्रण गरेको छ।

‘नेपालको स्थानीय खाना विश्वले चिनेको देख्दा थप मेहनत गर्न प्रेरणा मिलेको छ,’ सेफ सन्तोषले गर्व व्यक्त गरेका छन्।

मिथिला थाली बाइ सन्तोष शाहका शाखाहरू देशभर विस्तार भइरहेका छन्, र उनी चाँडै वीरगञ्जमा नयाँ शाखा खोल्ने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।