बालुवाटारमा पोष्टर टाँसेपछि ‘गरिखान देऊ’का प्रकाश शर्मा पक्राउ
काठमाडौँ- मिराज ढुंगान नेतृत्वको ‘गरिखान देऊ’ टिमका सदस्य प्रकाश शर्मालाई प्रहरीले शनिबार राति ८ बजे अनामनगरबाट नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा पोष्टर टाँसेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
शर्माले १०–१५ जनाको समूहसहित बालुवाटार क्षेत्रमा पोष्टर टाँसेका थिए।
टिमका सदस्य हरिश भट्टका अनुसार शर्मा एक मिडियाले अन्तर्वार्ताका लागि बोलाएको भन्दै अनामनगर पुगेका थिए, तर त्यहीँबाट प्रहरीले नियन्त्रणमा लियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने—
“उहाँमाथि मुद्दा चलाउने उद्देश्य होइन। निषेधित क्षेत्रमा पोष्टर टाँसेकाले सचेत गराउनका लागि मात्रै नियन्त्रणमा लिएका हौँ।”









