image
image
जेनजी सरकारको कडा कदम: हेटौंडा सडक बिस्तार रोक्ने ‘पावरवालाहरू’ पनि रोकिएनन्

जेनजी सरकारको कडा कदम: हेटौंडा सडक बिस्तार रोक्ने ‘पावरवालाहरू’ पनि रोकिएनन्

काठमाडौँ- हेटौंडा बजारको मुख्य सडक यस्तो साँघुरो थियो कि दुईवटा ट्रक पनि सहजै पास हुन नसक्ने अवस्था थियो। २०३१ सालदेखि नै सडक फराकिलो पार्ने योजना चर्चामा आए पनि राजनीतिक हस्तक्षेप, स्थानीय पहुँचवालाको दबाब, तथा अदालतमा दर्ता भइरहने मुद्दाका कारण सडक बिस्तार ५० वर्षसम्म रोकिँदै आयो। घरधनी र व्यापारीले बारम्बार विरोध गरे, केहीले त राजा वीरेन्द्रलाई समेत बिन्तिपत्र बुझाएको कुरा चर्चामा रह्यो।

पहिलेका वर्षहरूमा पनि सडक बिस्तार सुरु गर्ने प्रयास थियो, तर पावरवाला व्यक्तिहरूले काम सुरु हुनुअघि नै जिम्मेवार कर्मचारीलाई सरुवा गराउने गर्दथे।

यो पटक भने जेनजी सरकार बनेपछि परिस्थिति फेरियो। सडक डिभिजन, हेटौंडाले अतिक्रमण हटाउन १५ दिनको सूचना जारी गर्यो। केहीले सामान हटाए, केहीले निरन्तर अवज्ञा गरे। मकवानपुरका सिडिओले “सेना लगाएर भए पनि अतिक्रमण फिर्ता लिन्छौँ” भनेर कडा चेतावनी दिए।

१५ दिनको समय सकिनासाथ हिजो बिहान ५ बजेदेखि नै दर्जनौ डोजर परिचालन गरेर एकैदिन ५३१ वटा पक्की घर भत्काइए, जसमा शक्तिशाली नेतादेखि व्यापारीसम्मका घर परे—जसले वर्षौँदेखि लाखौँ भाडा उठाइरहेका थिए।

यसो गर्दा हेटौंडा बजारको मुख्य सडक फराकिलो बन्न थालेको छ, र स्थानीय जनता वर्षौँदेखिको समस्या समाधान हुँदै गएकोमा खुसी छन्।

५० वर्षसम्म हुन नसकेको काम केवल ५ महिनामा पूरा गरी सरकारको स्पष्ट नियत र गैरराजनीतिक प्रशासनले चाहे काम गर्न सकिन्छ भन्ने बलियो उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।