आगामी चुनावमा गगन थापालाई अघि बढाऔँ: विश्वप्रकाश शर्मा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो निर्वाचनमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
शर्माले भने,
“अहिलेको परिस्थितिमा नेतृत्व गर्नका लागि मभन्दा तुलनात्मक रूपमा गगन थापा उपयुक्त हुनुहुन्छ भन्ने मैले पहिले देखिनै भन्दै आएको हुँ। अब कसैले ‘किराना पसल चलाइरहनुभएको छ, अबको प्रधानमन्त्री को?’ भनेर सोध्नुहुन्छ भने— गगन थापा।”









