image
image
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा सानेपा घेराउ कार्यक्रम स्थगित

कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा सानेपा घेराउ कार्यक्रम स्थगित

काठमाडौँ- नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालय घेराउ गर्ने घोषणा गरेको कार्यक्रम स्थगित गरेका छन्। केन्द्रीय समितिको बैठकमा हुने सम्भावित निर्णयलाई मध्यनजर गर्दै कार्यक्रम रोकिएको नेता रमेश धमलाले जानकारी दिएका हुन्।

धमलाका अनुसार विशेष महाधिवेशन सम्बन्धी विषयमा आज बस्ने भनिएको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई आधार मानेर आगामी रणनीति तय गरिनेछ।


गत २९ असोजमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए। कांग्रेसको विधानअनुसार यस्तो माग परेपछि ९० दिनभित्र छिनोफानो गर्नुपर्नेछ।

तर पार्टीको संस्थापन समूहले बहुमतिको आधारमा प्रस्तावहरू अघि बढाउने तयारी गरेपछि विशेष महाधिवेशन पक्षधरहरू आक्रामक बन्दै आएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागमा कुनै दबाब वा प्रभावमा नपरी दृढ रहने बताएका थिए।

यसैबीच, २८ असोजदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुनः सानेपामा बस्ने तयारी भएको छ। बैठकबाट विशेष महाधिवेशनसम्बन्धी महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।