अनलाइनबाट मतदाता नामदर्तामा समस्या, धेरै चापले सिस्टम ह्याङ
काठमाडौँ- राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा दर्ता प्रक्रिया सुरु भएलगत्तै अनलाइन सिस्टममा समस्या देखिएको छ। बिहीबारदेखि सुरु भएको सेवामा एकैपटक धेरैले आवेदन दिएपछि सिस्टम ह्याङ भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सेवाग्राहीको अत्यधिक चाप पाल्टिँदा प्रणाली सुस्त बनेको हो। समस्या समाधानका लागि राष्ट्रिय परिचयपत्रका विज्ञ र आयोगको आईटी टोली खटिएको बताइयो।
सेवाग्राहीहरूले पनि लामो प्रयासपछि पनि अनलाइन आवेदन स्वीकृत नहुने गुनासो गरेका छन्।









