रास्वपा नेता सन्तोष परियारको राजीनामा, छुट्टै अभियान सुरु गर्ने तयारी
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी छाडेका छन्। उनले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउँदै अब छुट्टै अभियान शुरू गर्ने बताए।
पछिल्लो समय नेतृत्व परिवर्तनका बहसमा सक्रिय परियारले चितवनको विस्तारित बैठकमा विशेष महाधिवेशनको माग राखेका थिए। कम्युनिस्ट पृष्ठभूमिका परियार जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द (विप्लव), मानुषी यमीलगायतसँग संवादमा रहेको रास्वपा स्रोतले जनाएको छ।
यसअघि असन्तुष्ट हुँदै रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि पार्टी छाडिसकेकी थिइन्।









