नबिन परियार नेतृत्वमा अनामनगर समितिको नयाँ कार्यसमिति गठन
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति अनामनगरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा अनामनगर समितिका संस्थापक अध्यक्ष खेम सेन्चुरी प्रमुख अतिथि रहनु भएको थियो। त्यसैगरी केन्द्रीय उपाध्यक्ष राजु ढकाल अधिवेशनका निर्वाचन समन्वयकर्ता हुनुहुन्थ्यो भने केन्द्रीय संगठनात्मक सचिव पिएन सापकोटा, सुजन लम्साल, कुमार राना लगायत केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रम सफल भएको आयोजकहरूले जनाएका छन्।
अधिवेशनका क्रममा निर्वाचन प्रक्रियालाई सहज बनाउन आर्थिक, भौतिक र नैतिक साथ–सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको थियो। केही उम्मेदवारहरूले संस्थागत हितका लागि उमेदवारी फिर्ता लिएर प्रदर्शित सहयोग र त्यागप्रति पनि कार्यक्रमबाट विशेष आभार व्यक्त गरिएको थियो।
यस अधिवेशनबाट निम्न नव–निर्वाचित कार्यसमिति चयन गरिएको छ–
नव–निर्वाचित पदाधिकारीहरू:
-
अध्यक्ष : नबिन परियार
-
प्रथम उपाध्यक्ष : रोशन परियार
-
द्वितीय उपाध्यक्ष : अर्जुन सापकोटा
-
महिला उपाध्यक्ष : यमुना रसाल
-
सचिव : बिक्रम बाबू विश्वकर्मा
-
कोषाध्यक्ष : नन्दु परियार
-
सह–सचिव : आभास सेन्चुरी
-
सह–कोषाध्यक्ष : राजेश बीसी
सदस्यहरू:
जेरि भण्डारी, खुश्बु सुनार, हिरा रणपाल, मणिराम कुवर, ऋषिकेश पाण्डे, राजेन्द्र बाजुराली, रमेश रसाइली, कृष्ण लामिछाने, सुमन राना, डम्बर विश्वकर्मा, सीमा नेपाली, बेबिशा सुनार, समर्पित शुक्र, नबिन बाबू विश्वकर्मा, साजन गहतराज, कोपिल बीके, सुन्दर विश्वकर्मा।
पूर्व पदाधिकारीहरू, सहयोगी तथा सल्लाहकारप्रति समेत धन्यवाद व्यक्त गर्दै, निर्वाचित अध्यक्ष नबिन परियारले आगामी कार्यकालमा संस्थाको हित, संरक्षण र प्रवर्द्धनका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।











