सुन–चाँदीको मूल्यमा उचाइ, एकैदिन ठूलो वृद्धि
काठमाडौँ । नेपालमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य शुक्रबारको तुलनामा आज रु ३,००० ले बढेको छ भने चाँदीको मूल्य रु ४० ले उकालो लागेको हो।
गत शुक्रबार एक तोला सुन रु २,३५,००० मा कारोबार भएको थियो भने आज यसको मूल्य रु २,३८,००० पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ३,०८५ बाट बढेर आज रु ३,१२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।









