घरायसी विवादका कारण श्रीमतीको हत्या, श्रीमान पक्राउ
काठमाडौं । शिवपुरी गाउँपालिका–७ मा घरेलु विवादका कारण एक महिलाको हत्या भएको छ। ४९ वर्षीया सबिना तामाङको आफ्नै श्रीमान् जीतमान तामाङले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार, मंगलबार साँझ दम्पतीबीच भनाभन भएपछि जीतमानले आवेशमा आएर खुकुरी प्रहार गरेका थिए। घटनास्थलमै सबिनाको ज्यान गएको पुष्टि गरिएको छ।
हत्या भएपछि प्रहरीले तुरुन्तै जीतमान तामाङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले घरायसी विवादका कारण क्रोधमा आएर पत्नीको हत्या गरेको स्वीकार गरेका छन्।









