नोबेल अस्पतालमा थप २ संक्रमितको मृत्यु
काठमाडौँ । विराटनगरको नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार मोरङको सुन्दरहरैचा न.पा.का.–७ का ५४ वर्षीय पुरुष र विराटनगर म.न.पा.का.–१२ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
पछिल्लो समय कोरोना संक्रमणबाट नोबेलमा मृत्यु हुनेको सख्या १२ पुगेको छ । हाल अस्पतालमा १ सय १ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको दाहालले बताए ।