सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं — सिरहाको कल्याणपुर–८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन्। पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवको जाहेरी दिएका थिए। प्रहरीको भनाइ अनुसार वडाध्यक्ष यादवसहित तीन जना पक्राउ परेका छन् भने अन्यको खोजी जारी छ। अनुसन्धानबाट थप संलग्नता देखिए कानुनी कारबाही अघि बढाइने एसपी अनन्तराम शर्माले जानकारी दिएका छन्।









